माघ १९, तुलसीपुर ।
रोटरी क्लव अफ तुलसिपुर सिटीले हिमाल एकाडेमी तुलसीपुरमा लेखराज केसीको अध्यक्षतामा ५७ सदस्यीय इन्ट्रयाक्ट क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा वर्षा उपाध्याय, सचिवमा रोहन बिसी, कोषाध्यक्षमा प्रतिज्ञा डाँगी र सहसचिवमा निर्देश तिवारी चयन भएका छन् । कार्यक्रम रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता एवं क्लवका पूर्व अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत ‘विरु’को प्रमुख आतिथ्यतामा भएको थियो ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रावतले नवगठित इन्ट्रयाक्ट कार्यसमितिलाई सफलताको शुभकामना दिदै रोटरी क्लवको सेवा साझेदारको रुपमा गठन गरिएका इन्ट्रयाक्ट क्लवहरुले समाज सेवाको भावलाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विजय केसीले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए ।
पूर्व अध्यक्ष विमल रिजालले बास्तविक पीडितलाई सहायता गर्नु नै समाज सेवाको सही अर्थ भएको हुँदा त्यसलाई पहिचान गरी प्रतिवद्ध भएर लागे मात्र सामाजिक संघ संस्थालगायत क्लवहरुको अस्तित्व जोगिने बताए । कार्यक्रममा हिमाल एकाडेमीका प्रिन्सिपल मधुसूदन केसीले नवगठित इन्ट्रयाक्ट कार्यसमितिलाई क्लवले गर्ने हरेक गतिविधिमा स्कुलले सधै साथ दिनेछ भन्दै सक्रिय भएर लाग्न आग्रह गरे ।
यसैबीच रोटरी क्लव अफ तुलसीपुर सिटीले हिमाल एकाडेमीमै ‘रोटरी फोर वे टेष्ट’ बोर्ड वितरण गरेको छ । बोर्ड बितरण कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले सफलता प्राप्तीमा कुनै कुरा बोल्दा अरुलाई कस्तो प्रभाव पर्छ भन्ने कुराको सधैं हेक्का राख्नुपर्ने बताए । उनले आफूले गर्ने कामबाट कसैमाथि अन्याय हुन नहुने भन्दै सबैको हित हुने काम मात्रै गर्नुपर्ने बताए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष कुशल तर्ताल, भावी अध्यक्ष देवबहादुर केसी, कोषाध्यक्ष सन्दिपन रिजाल, रोटरियन देवेन्द्र केसी, मनोज बस्नेत, राजिव वली, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट सुरजजंग रायमाझी, इन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका अध्यक्ष कृष्ण गौतमलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिनिल केसीले गरेका थिए ।