२०८१ मङ्सिर २९ गते शनिवार

पुर्ब महासमिती सदस्य बस्नेत सहित १०२ जनाले कांग्रेस परित्याग गरे

तुलसीपुर, बैशाख १५ । तुलसीपुर उपमहानगरपालिका वडा न ११ मा नेपाली काग्रेसका पुर्ब महासमिती सदस्य,नेता डिल्ली बहादुर बस्नेत सहित १२० जनाले पार्टी परित्याग गरेका छन ।

पार्टीले आफुहरु माथि ठूलो अन्याय र अपमान गरेको भन्दै पार्टीको कृयाशिल सदस्य समेत नहरने गरी पार्टी परित्याग गरेको नेता बस्नेतले बताए ।

उनका अनुसार बिहिवार बिहाम आफू सहित १०२ सय बढी नेता तथा कार्यकर्ताहरुको भेलाले पार्टी छोड्ने भन्दै सामूहिक निर्णय गरेको हो ।

पार्टी परित्याग गर्नेको संख्या अझै बढ्ने उनले बताए ।

‘अन्य वडाहरुले मेयरमा सिफारिस गरेर पठाए । आफ्नै वडाले सिफारिस गरेन । आफु लगाएत सयौं नेता तथा कार्यकर्ताको गुनासोलाई जिल्ला, क्षेत्र र केन्द्रले समेत सुनेन्,नेता बस्नेतले गुनासो गरे,दशकैदेखि निरन्तर रुपमा पार्टीलाई आर्थिक, नैतिक रुपले सहयोग गर्दै आएपनि आफुलाई बारम्बार पाखा लगाउने काम भएको हुँदा अपेहेलित भएर पार्टीमा बस्न मन लागेन पार्टी छोड्यौ ।’

तुलसीपुरमा बस्नेतको नेत्वमा ठूलो समूहले काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेपछि गठबन्धनलाई ठूलो धक्का पुगेको एक नेताले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *