२०८३ भाद्र ११ गते बिहिवार

दाङ जिल्ला फुटबल संघको अध्यक्षमा – धिताल


लक्ष्मण बस्नेत,दाङ बैशाख १० । दाङ जिल्ला फुटबल संघको अध्यक्षमा संजात धिताल निर्वाचित भएका छन ।

संघको आज सनिवार बेलझुण्डिमा सम्पन्न जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि धिताल अध्यक्ष रहेको संघको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले निर्वाचित गरेको हो ।
जसअनुसार संघको वरिष्ठ उपाध्यक्षमा बुद्धि राम पुन,उपाध्यक्ष द्वयमा पवन कुमार योगि र अशोक रोकामगर,महासचिव लक्ष्मण बस्नेत,काेषाध्यक्षमा वसन्त पुरी निर्बाचित भएका छन ।

त्यस्तै संघको सदस्यहरूमा महिला सदस्य प्रकृति पुन,सदस्य सन्तोष गुरुङ,बिजय डागी,भिम बहादुर चौधरी,अम्मर मगर,केशव चौधरी,टोप बिक्रम राणा,शरद गौतम र गोपाल कवर निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर वलिले जानकारी दिए ।

अधिवेशन दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य एवं अधिवेशन प्रतिनिधि प्रदेश सिह राठोरको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा संघका निर्वाचित अध्यक्ष लगाएत पदाधिकारी लाई निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर वलिले पदभार ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य प्रदेश सिह राठोर, निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओलि,पुनरावेदन समितिका संयोजक अधिवक्ता राम शरण चौधरी, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तथा निर्वाचन समिती सदस्य पद्मा चौधारी लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसैबिच अधिवेशन लगत्तै बसेको संघको पहिलो बैठकले अखिल नेपाल फुटबल संघ एन्फाको बिधान अनुसार संघको महासचिव पदमा लक्ष्मण बस्नेत र काेषाध्यक्षमा वसन्त पुरी लाई मनोनित गरेको हो ।

त्यस्तै बैठकले सर्वसहमतिको प्रयासबाट संघको नयाँ नेतृत्व चयन र अधिवेशन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष,पदाधिकारी, निर्वाचन समिती, पुनरावेदन समिती,दाङ जिल्ला खेलकुद बिकास समिती, खेलप्रेमी,खेलाडी, शुभचिन्तक लगाएत सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *