२०८३ असार २७ गते शनिवार

बर्दियामा ६ लाखका खसीबोका र गाडीसहित एक जना पक्राउ

बर्दिया,बैशाख ६ । भारतबाट ल्याएका खसीबोका बोकेको गाडीसहित बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ मा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा ३७ वटा खसीबोका बोकेको गाडीसहित एक जनालाई पक्रेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं.३ का २६ वर्षीय राजकुमार बानिया रहेको प्रहरीले जनाए छ ।

उनले भन्सार तथा पशु क्वारेन्टाइन छलेर ती खसी बोका नेपाल भित्र्याएका कारण पक्रनु परेको प्रहरीले स्पष्ट पारेको छ ।

बानियालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *