२०८३ असार २७ गते शनिवार

तुलसीपुरमा माइल्स इन्टरनेशनल कन्सलटेन्सी सञ्चालनमा


तुलसीपुर,बैशाख ५ । दाङको तुलसीपुरमा माइल्स इन्टरनेशनल कन्सलटेन्सी सञ्चालनमा आएको छ ।
२०१५ मा अस्ट्रेलियामा स्थापना भएको कन्सलटेन्सी हाल काठमान्डौंको बानेश्वर,जोरपाटी,बुटवल हुदै दाङ तुलसीपुरको जेसिज चोक (ङ) लाइनमा छैठौ शाखाको रुपमा बिस्तार गरिएको छ ।
उक्त कन्सलटेन्सीको आइतवार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया,क्यानाडा,जापान,युके लगाएतका देशहरुमा जाने विद्यार्थीहरुको सहजताका लागि आफ्नै क्षेत्र तुलसीपुरमा माइल्स इन्टरनेशनल कन्सलटेन्सी सञ्चालनमा ल्याएको सञ्चालक सन्दिप भुसालले जानकारी दिए ।

उनले भने,‘ यस अघि आयल्स गर्न र
परामर्श केन्द्रको अभावमा विद्यार्थीहरु काठमाण्डौ नै धाउनु पर्ने बाध्यता थियो,अब त्यो बाध्यतालाई अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।

कन्सलटेन्सीको उद्घघाटन ढिलो गरिएको भए पनि कक्षा भने यस अघि नै सञ्चालनमा थिए ।

अहिलेसम्म केही विद्यार्थी अस्ट्रेलिया गइसकेको अर्का सन्चालक आकाश सिंहले बताए ।

उनका अनुसार अब ४२ जना प्रोसेसमा रहेको छन । अहिले सम्राट न्यौपानेले कक्षा दिइरहेका छन् ।

उक्त कन्सलटेन्सीमा गुणस्तरमा निकै फरक र भिषा रिजेक्ट नहुने गरि पढाई हुने गरेको बताए ।

कार्यक्रममा माइल्स इन्टरनेशनल कन्सलटेन्सी अस्ट्रेलियाका प्रमुख स्वदेश जैसवाल,काठमाण्डौं बानेश्वर शाखा प्रमुख विवेक शिवाकोटी,जोरपाटी शाखा प्रमुख गणेश डंगल, कन्सलटेन्सी तुलसीपुर शाखाका पिटि शिक्षक सम्राट न्यौपाने,पत्रकार दिपक बोहोरा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *