२०८३ असोज २९ गते बिहिवार

सल्यान मुलपानी वनस्पति उद्यानमा ५५० बढी प्रजातिका बोटबिरुवा संरक्षित

शंकर केसी, सल्यान, चैत्र ३० । जडिबुटी खेति विस्तार गरी आर्थिक समृद्धि हाँसिल गर्न सकिनेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । २३ औं वनस्पति दिवस तथा ६२ औं वार्षिक उत्सवको अवसरमा वनस्पति अनुसन्धान केन्द्र कपुरकोटमा मंगलबार आयोजित कार्यक्रमका सहभागिहरुले जडिबुटीको महत्व बुझाउदै खेति विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले वनस्पति तथा जडिबुटीबाट मुलुकको समृद्धिमा योगदान बढाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

‘वनस्पतिको अनुसन्धान र नवप्रवद्र्धन राष्ट्रको उन्नयन’ भन्ने नाराको साथ मनाइएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले वनस्पति सम्पदाको खोज तथा अध्ययन अनुसन्धान लगायतका विषयमा प्रस्तुति राखेका थिए ।
अनुसन्धान केन्द्रले हाल जडिबुटी विकास र वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।

कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यानमा उन्यु प्रजाति र फूल फूल्ने गरि ५५० बढी प्रजातिका वनस्पति रहेको पाठकले जानकारी दिए ।
जस अन्तर्गत झण्डै २४५ औषधिय गुण भएका, २०० शोभनिय वनस्पति, ५५ प्रकारका विदेशी शोभनीय वनस्पतिहरु तथा ४०÷४० प्रजातिका उन्यु र सुनगाभा उद्यानमा रहेको कार्यालय प्रमुख डा. पाठकले बताए ।

त्यस्तै दिवसको अवसरमा आयोजित कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । जसमा जीवन ज्योति मावि रिमकी छात्रा भुमिका बुढाथोकी प्रथम, द्वतिय नेरामावि किमुचौरकी छात्रा राधिका बुढा मगर र तृतिय स्थान कालिका मावि कपुरकोटकी छात्रा पुष्पा बुढा मगरले हासिल गरेका थिए ।

उनीहरुलाई क्रमशः २५००, २०००, १५०० नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

यस्तै अन्तर विद्यालय बाटीका निर्माण प्रतियोगितामा उत्कृष्ट जीवन ज्योति मावि रीमलाई पनि पुरस्कृत गरिएको थियो । वनस्पति अनुसन्धान केन्द्रले दिवसको अवसरमा कार्यालयका २ जना कर्मचारीहरु दलबहादुर बुढाथोकी र राधा बुढाथोकीलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *