२०८१ चैत्र ३ गते आइतवार

सन्दीपकाे कप्तानीमा नेपाललाई पहिलाे उपाधि : दीपेन्द्र सर्वाेत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

काठमाडौं,चैत २१ । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज सोमवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।

योसँगै नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो । यसअघि सन्दीपकै कप्तानीमा त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग भएको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा लगातार दोस्रो उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृङ्खला जितेको थियो ।
यसैबिच नेपाल, पीएनजी र मलेसिया सहभागी त्रिदेशीय टी–२० शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका दीपेन्द्रसिंह ऐरी घोषित भए ।

उनले प्रतियोगिताभरि पाँच खेलमा दुई सय ५५ रन बनाउनुका साथै सात विकेट पनि लिए । ऐरी आजको फाइनल खेलमा ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

यस्तै नेपालकै करण केसी उत्कृष्ट बलर भएका छन् । उनले शृङ्खलाको पाँच खेलमा १३ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान भने पीएनजीका टोनी उरा भए ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *