२०८२ जेष्ठ ४ गते शुक्रवार

सुस्तायो सेयर बजार, डेढ अर्ब पनि पुगेन कारोबार रकम

काठमाण्डौ,चैत २० । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंक्मा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेको छ ।

उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *