दाङ,माघ १४ ।
दाङमा माघ ११ र १२ गते परेको पानीका कारण करोडौंको काचो इट्टा नष्ट भएको छ । पोल्नका लागि तयारी अवस्थामा राखिएका कच्ची इट्टा पानीका कारण नष्ट भएको इट्टा उद्योगीहरुले जानकारी दिएका छन् ।
दाङ देउखुरी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष रोम वलीले हिउँदे वर्षाले गर्दा जिल्लाका ३२ इट्टा उद्योगमा करिव ११ करोड रुपैंया बराबरको काँचो इट्टामा क्षति पुगेको बताए । उनले ३२ उद्योगका एक करोड बढी काँचो इट्टा पानीमा भिजेर काम नलाग्ने अवस्थामा पुगेको जानकारी दिए ।
प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार