२०८३ साउन ६ गते बुधवार

कुमालले पाए नेकपा एस दाङको प्रचार विभाग प्रमुखको जिम्मेवारी


तुलसीपुर ,चैत ११ । तुलसीपुरका दिपक कुमालले नेकपा एकिकृत समाजवादी पार्टी दाङको प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन ।

नेकपा एकिकृत समाजवादी दाङको बिहिबार सम्पन्न तेस्रो पुर्ण बैठकले कुमाललाइ जिल्ला बिभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।

नेकपा नेकपा एकिकृत समाजवादी दाङका अध्यक्ष सुरामणी बेलवासेको अध्यक्षता तथा नेकपा एकिकृत समाजवादी पाटीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले कुमाललाई प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

त्यस अवसरमा पोलिटव्युरो सदस्य चौधरीले पार्टीलाई बलियो बनाउनका लागि संगठन विस्तार तथा प्रचार प्रसारलाई तिब्र बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *