दाङ,चैत ३ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनीको विकास भए नेपालको समृद्धिको आधारशिला तय हुन सक्ने बताएका छन ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा बिहिवार बानगंगामा आयोजित कपिलवस्तु महोत्सव तथा कृषि पर्यटन प्रदशनीलाई सम्बोधन गर्दै सभापति पुनले लुम्बिनीको विकास राष्ट्रिय विकासको महत्त्वपूर्ण आधार भएको बताएका हुन ।
संविधानसभा सदस्य समेत रहेका पुनले संघीय सरकार र प्रदेश सरकारले लुम्बिनीको पर्यटन, कृषि तथा संस्कृतिक प्रबर्द्धनका लागी विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । उनले अबको यात्रा विकास र समृद्धिको यात्रा हुनु पर्ने बताए ।
सभापति पुनले नेपाल संघीयता कार्यनयनको प्रारम्भिक चरणमा रहेकोे कुरामा जोड दिदै स्थानीय, प्रदेश र संघीय सरकारको सहि व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार