२०८१ फाल्गुन २ गते शुक्रवार

दशैं मनाउनका लागी काठमाडौंबाट घर फर्किने यात्रु बढे 

दशैंका लागि काठमाडौंबाट बाहिरिन यात्रुको संख्या बढ्न थालेको छ । रोजगारी, पढाई र विभिन्न शिलशिलामा काठमाडौं बस्दै आएका मानिस दशैंका बेला घर फर्किने हुनाले चाप बढ्ने गर्दछ ।

पछिल्लो दुई दिनको तथ्याकं हेर्ने भने सार्वजनिक सवारी साधनबाट विभिन्न नाका भएर २ लाख बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । यो चाप बिहिवारदेखि झन् बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारी साधनमा टिकट नपाइने समस्याका कारण धेरै यात्रु घटस्थापना अघि नै गन्तब्यतर्फ लाग्ने गरेका छन् । जागीर, व्यवसाय गर्दै आएका र बिद्यार्थीहरुले फूलपातीपछि मात्रै विदा पाउने भएकाले आगामी ४-५ दिन उपत्यकाबाट बाहिरिनेको संख्या हृवात्तै बढ्ने गर्दछ ।

एक सातामा ६ लाख बढी यात्रु बाहिरिए

पछिल्लो एक साताको तथ्याकं हेर्दा उपत्यका छोड्नको संख्या बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १८ असोजदेखि २४ असोजसम्म उपत्यकाबाट ६ लाख २२ हजार ४ सय ८१ यात्रु बाहिरिएका छन् ।

घटनास्थापनाको दिन बुधबार १३ हजार ५ सय ११ गाडीमा १ लाख ४४ हजार ६९ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

यस्तै मंगलबार १२ हजार ६ सय ५५ सवारी साधन प्रयोग गरेर १ लाख ३० हजार ६८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ६ हजार १ सय ७० गाडीमा ५५ हजार ९६ जना यात्रुले उपत्यका छाेडेका छन् ।

२१ असोजको तथ्याकं अनुसार १० हजार ४ सय २० गाडीमा ८६ हजार ३ सय ३ जना यात्रु उपत्यकाबाट बाहिरिँदा त्यसको एक दिनअघि अर्थात २० असोजमा ११ हजार ३७ सवारी साधनबाट स्थलमार्ग भएर उपत्यकाबाट बाहिर जानेको संख्या ८७ हजार १ सय २८ छ ।

यस्तै असोज १९ गते ९ हजार ५ सय ५ गाडीमा ७० हजार ८ सय १ यात्रुले उपत्यका छोडेका छन् भने १८ असोजमा १० हजार ९ सय ८२ गाडीमा ८४ हजार ५ सय ६६ यात्रु बाहिरिएका छन् ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *