दाङ, २४ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदर्शनीका लागि गठित उप समितीहरुले आ आफना तयारी अन्तिममा पुगेको उप समितीहरुले जनाएका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल कार्य समेत अन्त्यमा पुगेको मुल आयोजक समितीका संयोजक तथा संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । प्रदर्शनी स्थलमा स्टल, गेट निर्माण, मञ्च निर्माण, बाल उद्यान्नका कामको तयारी अन्तीममा पुगेको भौतीक निर्माण उप समितीका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको मुल आयोजक समितीका सह संयोजक महेन्द्र वुढाथोकीले बताए । अहिले सबै उप समितीहरुले आफनो जिम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको मुल आयोजक समितीले जनाएको छ ।
साहित्यीक तथा सृजना उप समिती विस्तार गरिएको छ । उप समितीका जगतप्रसाद आचार्यको अध्यक्षतामा वसेको बैठकले समिती विस्तार गरेको छ । समितीको सह संयोजमा कमलमणि देवकोटा रहेका छन् । समितीको सदस्यमा डा।लोकराज पराजुली, खगराज न्यौपाने, भुवन देवकोटा, दिपक शर्मा समिर, विष्णुप्रसाद पोख्रेल रहेका छन् ।
समितीको बैठकले खुल्ला कविता प्रतियोगीता गर्ने निर्णय गरेको छ । प्रतियोगीतामा सहभागिता हुन इच्छुकहरुले यही आउदो चैत १ गते सम्म दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा राप्ती साहित्य परिषद्मा पठाइ सक्नु पर्ने साहित्यीक तथा सृजना उप समितीका संयोजक आचार्यले जानकारी दिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका सञ्चार संयोज अमरराज आचार्यले जानकारी दिए ।