२०८१ फाल्गुन ७ गते बुधवार

लमही महोत्सवमा मनपरी प्रवेश पास वितरण

शिवु खनाल,
देउखुरी, माघ १० ।
दाङको लमहीमा जारी महोत्सवमा मनपरी रुपमा प्रवेश कार्ड वितरण गरेको गुणासो आएको छ । महोत्सवमा आफ्ना मान्छे र चिनजान व्यक्तिलाई मनपरी प्रवेश दिएको भन्दै त्यसको विरोध हुन थालेको छ ।

महोत्सवमा झन्डै ४० प्रतिशत मानिस निशुल्क पास कार्डको माध्यमले भित्र प्रवेश गर्नुका साथै विभिन्न स्टलहरु समेत निशुल्क निशुल्क अवलोकन गरेको भन्दै त्यसको विरोध सुरु भएको छ । माघ चार गतेदेखि सञ्चालनमा आएको महोत्सवमा विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रमहरु हेर्न समेत मनपरी रुपमा प्रवेश पास वितरण भएको भन्दै व्यवसायीले विरोध गरेका छन् ।

प्रति स्टललाई स्टल दुईवटाका दरले पास वितरण गरेको भएपनि आज मनपरी भएको कालिका अल नेपाल फेएर एक्जिबेसन प्रालीका संचालकले गुणासो गरे । स्थानीय व्यापारी शेरसिंह खड्काले पनि मनपरी पास वितरणले महोत्सवको व्यवस्थापन पक्ष भद्रगोल देखिन थालेको बताए ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *