२०८३ असार २७ गते शनिवार

भारतले पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची पठायो

काठमाडौं, फागुन १७ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ ।

निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ ।

यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।

आज प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुने उसले दाबी गरेको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ६५ रुपैयाँ ५२ पैसा, डिजेलको खरिद लागत एक सय ४४ रुपैयाँ आठ पैसा र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर दुई हजार दुई सय सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ ।

निगमका अनुसार अहिले कायम मूल्यमा बिक्री गर्दा निगमलाई आउँदो १५ दिनमा तीन अर्ब नौ करोड र मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।

भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा भने भाउ बढेको छैन ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *