२०८२ जेष्ठ ११ गते शुक्रवार

तुलसीपुर नगर जेसिजद्वारा मा.बि कालाखोलामा निशुल्क आँखा शिबिर

तुलसीपुर,फागुन ११ । तुलसीपुर नगर जेसिजले मा.बि कालाखोलामा निशुल्क आँखा जाँच शिबिर सम्पन्न गरेको छ ।

तुलसीपुर नगर जेसिज बर्ष २२ को कार्ययोजना अन्तर्गत स्वास्थ परिक्षण स्कुल स्कुलमा कार्यक्रमकै क्रममा बुधबार तुलसीपुर ७ मा रहेको मा.बि कालाखोलामा उक्त शिबिर सप्पन्न गरेको हो ।

तुलसीपुर नगर जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मा.बि कालाखोलाका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भरत चौधरी,बिद्यालयका सहायक प्रअ छवि कुमार न्यौपाने लगाएतले तुलसीपुर जेसिजले गरेको कार्यको प्रशंसा गरेका थिए ।

त्यस अबसरमा ४ सय ६१ जनाले सेवा लिएका थिए । जसमध्ये ४३ जनामा दृष्टि समस्या,२७ जनामा सुख्खा आँखा,८जनामा एलर्जी,५जनामा अल्छी जस्ता समस्या देखिएको थियो ।

नगर जेसिज बर्ष २०२२ का उपाध्यक्ष जेसि शैलेन्द्र कुमार वलीको स्वागत मन्तब्रीबाट सुरु भएको कार्यक्रमको प्रकाश कार्यकारिणी उपाध्यक्ष जेसि चुडामणि कडेलले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसि कृष्ण बन्जाडेले गरेका थिए ।

कार्यक्रममा जेसिज आस्थापाठ जेसि सन्जय न्यौपानेले बाचन गरेका थिए भने सहजीकरण बर्ष २०२२ का महासचिव जेसि पुर्ण बिक्रम डागीले गरेका थिए ।
बन्जाडे आँखा क्लिनिकको प्राबिधिक सहयोगमा उक्त शिबिर भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *