२०८३ जेष्ठ ३१ गते आइतवार

डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन

बाँके, फागुन १० । आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ ।

जिल्ला आयुर्वेद अस्पताल बाँके अन्र्तगत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

आज मंगलबार एक कार्यक्रमका गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै आरोग्य केन्द्रले नागरिकहरुको आयुर्वेद पद्धतीको उपचारमा सहयोग गर्ने बताए ।

अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ काम गरिरहेकाले यो आर्युवेद चिकित्सालाई पनि सहयोग पुग्ने भन्दै यो उपचार सेवा रोगी र निरोगी मानिस दुबैका लागि स्वास्थ राख्ने गरि काम गर्ने जानकारी दिए ।

आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा स्वास्थ्य प्रर्वद्धन, जेष्ठ नागरिक सेवा, स्तनपान आमा सेवा, विभिन्न किसिमका औषधी वितरण, परामर्श सेवा प्रदान गरिनेछ ।

सेवा केन्द्रमा एक जना कविराज र सहयोगी कार्यक्रता गरि दुई जनाले सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकी गाउँपालिका बाहेक सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि सेवा विस्तार गरेको प्रमुख डा अनिल कुमार चौधरीले जानकारी दिए ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा वरिष्ठ कविराज निरिक्षक डा गिता रेग्मी, वडाध्यक्ष पटेश्वर कुर्मी, अन्य जनप्रतिनिधी, स्वास्थ्य चौकी इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *