२०८१ चैत्र १३ गते बुधवार

लखन थापा फुटवल खेलमा झेल भएको दाबी


तुलसीपुर, फागुन १० । घोराहीमा भएको खुल्ला फुटवल प्रतियोगितामा झेल भएको भन्दै तुलसीपुरका खेलाडीले असुन्तुष्टि जनाएका छन् ।
फागुन ८ गते घोराहीको बड्हरा युवा क्लब र तुलसीपुरको टरिगाउँ युवा क्लव बीच भएको खेलमा झेल भएको तुलसीपुरका खेलाडीले गुनासो गरेका छन् ।

उनीहरुले उक्त दिनको खेल गतिबिधि छानविन गर्न आयोजकलाई निवेदन दिएपनि त्यसको सुनुवाई नभएको भन्दै तुलसीपुरमा मंगलबार बेलुका पत्रकार सम्मेलन मार्फत आफ्नो तर्फबाट असुन्तुष्टि जनाएका हुन ।

प्रतियोगिताको सेमिफाइनल खेलमा टिममा नभएका तथा बाहिरका खेलाडीलाई समावेश गरि खेल खेलाएको भन्दै टरिगाउँ क्लबका तर्फबाट त्यो बिषय छानविन गर्न माग गरिएको थियो ।
घटना छानविनको लागि क्लवले आयोजकलाई पत्र पठाएको भएपनि त्यसको सुनुवाई नहुनुले प्रतियोगिताको निष्पक्षता माथि प्रश्न टरिगाउँ युवा क्लवले उठाएको छ ।

क्लवले छानविन गरि पाउँ भनेर हालेको बिरोध बारे आवश्यक कारबाही अगाडि नबढाई बिरोधको कुनै प्रावधान नभएको भन्ने खालको पत्र आफ्नो क्लबलाई दिनुले लखन कपको निष्पक्षता माथि प्रश्न उब्जिएबको टरिगाउँ क्लवका कार्यबाहक अध्यक्ष टोपबहादुर वुढाथोकीले तर्क गरे ।

‘खेल फिफाको रुल एण्ड रेगुलेशनमा खेलाउनेछौ पनि भन्ने र हाम्रो प्रोटेष्टको प्राबधान छैन भन्ने जस्ता कारणले खेलेको निष्पक्षतामा प्रश्न खडा भएको छ,’ बुढाथोकीले भने ‘शहिदको सम्मानका लागि गरिने प्रतियोगितालाई स्वतन्त्र र निष्पक्ष नबनाए आगामी दिनमा यस्ता खेलहरुमा सहभागि हुनुको कुनै तुक रहन्न।’
बुढाथोकीले खेल सयोजनको जिम्मा पाएको क्लबले आँफै जसरीपनि खेल जित्नु पर्छ भन्ने गलत सोचका कारण बाहिरका खेलाडीहरु बीचमा छिराउने गलत हर्कत बडराले गरेको आरोप लगाए ।

क्लवले जर्सी नं. २ र ९९ खेलाडी नेपालगञ्जबाट ल्याइ फरक खेलाडीको नाममा उनीहरुलाई दोस्रो हाफ्मा बड्हरा युवा क्लवले प्रबेश गराएको बुढाथोकीले बताए ।
टरिगाउँ युवा क्लवले पहिलो हाफ्मा १ गोलले अग्रता लिएपछि एकाएक खेलको नियम मिचेर बाहिरका खेलाडी प्रबेश गराइएको उनको दाबी गरे । बाहिरका खेलाडी हालेपछि बड्हराले खेलमा २ गोल गरेको गर्दै बिजयी भएको थियो ।

पत्रकार सम्मेलनमा खेलाडी मोहन सुनारले प्रोटेष्ट पत्रमाथि कुनै सुनुवाई नहुनु र जायज मागलाई बेवास्ता गर्नुले स्वच्छ प्रतिपर्धाको भावना मरेको तर्क गरे ।
त्यस्तै अब हुने खेलहरुमा तुलसीपुर क्षेत्रबाट त्यस्ता कुनै पनि प्रतियोगितामा भाग नलिने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *