काठमाण्डौ,फागुन १० । सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार