२०८३ भाद्र १२ गते शुक्रवार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुपन्देही,फागुन ३ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पर्खालमा ठोक्किँदा गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र २० वर्षीय राहुल थापाको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहन खाँडले दुवै जनाको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भएपछि सडकबाट ३० मिटर पर रहेको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *