तिर्थराज ज्ञवाली, देउखुरी, फागुन १ । राप्ती गाउँपालिकामा सञ्चालनमा रहेको घटना ब्यवस्थापन तथा आधारभूत सहायता सीप सम्वन्धि तीन दिने अभिमुखीकरण आइतबार समापन भएको छ ।
ब्यकवार्ड सोसाइटी एजुकेसन बेशको आयोजनामा गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिलाई तालिम प्रदान गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता तथा शिक्षा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा तलिमको समापन कार्यक्रम भएको हो ।
जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचान पछि उनीहरुलाई आवश्यक सहयोग, सेवा प्रत्यक्ष रुपमै उपलब्ध गराउने बारेमा तालिम केन्द्रित थियो ।
जस्को प्रशिक्षकमा बेशका क्षेत्रीय सचिव पटवारी यादव, समाज परिचालक चन्द्रकला रोका र खगिसरा खड्का रहेका थिए ।
प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
