
शरद रेग्मी,तुलसीपुर,फागुन १ । त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि.ले सल्यानको कालिमाटीबाट रात्री बस सञ्चालनमा ल्याएको छ ।
कालिमाटि गाउंपालिका क्षेत्र र पश्चिम दाङ बासिको आबश्यतालाई मध्यनजर गर्दै सल्यानको कालिमाटिबाट सिधा काठमाडौं बस सञ्चालन गरेको हो ।
प्रा.लि.का अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिमाटि गाउंपालिकाका अध्यक्ष दानबहादुर खत्रीले रिवन काटेर सेवा शुभारम्भ गरेका हुन ।
सो अबसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबै जसो शहरहरुमा आफुहरुले दशकौ देखि निरन्तर यातायात सन्चालन गरिरहेको बताए ।

उनले ग्रामिण क्षेत्रलाई शहर सगं जोडन कालिमाटि बाट काठमाडौं डिलक्स रात्रि बस सन्चालन गरेको जानकारी दिए । नंया रुटमा यातायात सन्चालन गर्दा सबैको सहयोग आबश्यक रहेको समेत उनले बताए ।
कार्यक्रममा गाउंपालिकाकी उपाध्यक्ष सहन सिलता खत्री ,वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर वलि,बबई गाउपालिका वडा नम्बर २ का अध्यक्ष चिन्तामणि शर्मा,नेपाली काग्रेसका पालिका सभापति टोपबहादुर केसी,नेकपा एमालेका अध्यक्ष केशर सिह बुढा,नेकपा माओबादि केन्द्रका सचिव सालिकराम भट्टराई,नेकपा एमाले समाजबादिका अध्यक्ष गेहेन्द्र केसी,नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङका अध्यक्ष केशब भण्डारि,ब्यबसायिहरु उमेशचन्द्र मजगैया,प्रकाश भट्ट,लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए । कालिमाटिबाट काठमाडौं दिउंसो ३ बजे र काठमाडौं–कालिमाटि साझ ५ः३० बजे बस छुटने तालिका मिलाईएको छ भने भाडादर पन्ध्रसय कायम गरिएको छ ।