रोल्पा,फागुन १ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ खारामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरीको हिजो बेलुका पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक मामाघर आएको बेला सिँचाइ पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी विनोद घिमिरेले बताए ।
प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
