२०८२ माघ १० गते शनिवार

बाँकेको डुडुवा गाउँपालिकाले १ सय २२ छात्रालाई साइकल बितरण ग¥यो

दाङ, फागुन १ । बाँकेको डुडुवा गाउँपालिकाले एक सय २२ छात्रालाई साइकल बितरण गरेको छ ।


शनिबार साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस भन्ने उदेश्यले साइकल बितरण गरिएको जानकारी दिए ।

 किशोरी शिक्षामा उत्प्रेरणा जगाउन २०७७ सालमा एसइइ उत्तिर्ण गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्रालाई साइकल वितरण गरिएको अध्यक्ष चौधरीले बताए । 

विशेष गरि मधेसी समुदायका किशोरी कक्षा दश उत्तिर्ण गरेपछि विभिन्न कारणले उच्च शिक्षाको पढाई छाड्ने गरेको चर्चा गर्दै अध्यक्ष थारुले बितरण गरिएको साइकलले शिक्षाको बिकासका लागि सकारात्मक सोचको विकाश गराउने आशा ब्यक्त गरे ।

डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षामा उत्प्रेरणा पैदा हुने अध्यक्ष चौधरीले विश्वास ब्यक्त गरे ।


गाउँपालिकामा गत वर्षसम्म ५ वटा मात्रै मावि रहेकोमा यही वर्षदेखि शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि माविको संख्या सात पु¥याइएको छ ।
गाउँपालिका अन्र्तगत ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्राले २०७७ सालको एसइइ उत्तिर्ण गरेका थिए । ती सबैलाई निशुल्क रुपमा गाउँपालिकाले साइकल बितरण गरेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *