२०८२ असार ७ गते आइतवार

पोल्ट्री महोत्सवको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्रीले गर्ने


दाङ, ८ माघ ।
दाङमा घोराहीमा पहिलो पटक सञ्चालन हुन लागेको ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्टी महोत्सव तथा प्रदर्शनी २०७५ को उद्घाटन संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले गर्ने भएका छन् ।

माघ १० गतेदेखि शुरु हुने महोत्सवको उद्घाटनका लागि मन्त्री खनाल ९ गते साँझ नै दाङ आइपुग्ने महोत्सव मूल आयोजक संस्था सुरक्षित कुखुुरा तथा दाना व्यवसायी समिति घोराही दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । ‘महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि मूल आयोजकको तर्फबाट तयारीलाई तीब्र पारिएको छ’, उनले भने, ‘महोत्सव उद्घाटनका लागि कृषि मन्त्री आउने निश्चित भइसकेको छ ।’

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा हुने महोत्सवको तयारीको काम पनि तीब्ररुपमा भइरहेको छ । बाल उद्यानको काम धेरै भइसकेको छ भने महोत्सव स्थल कृषि सामाग्री कम्पनीको प्राङ्गणमा स्टल निर्माण, सचिवालय निर्माण, साँस्कृतिक कार्यक्रमका लागि स्टेज र महोत्सवको मूलद्वणरा बनाउनेलगायतका कामलाई तीब्र पारिएको छ ।

त्यस्तै महोत्स सफल पार्नका लागि गठिन विभिन्न उपसमितिहरुले पनि आ–आफ्नो जिम्मेवारीका साथ काम गरिरहेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार ९ गते साँझसम्म करिब–करिब सम्पूर्ण तयारी भइसक्ने छ । महोत्सवकै तयारी स्वरुप मंगलबार महोत्सव सफल पार्न गठिन सुरक्षा उपसमिति र जिल्लाका सुरक्षाकर्मीहरुबीच छलफल भएको छ ।

छलफलमा महोत्सव अवधिभर त्यहाँको सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्तदुरुस्त पार्ने सहमति भएको छ । जसका लागि महोत्सव सुरक्षा उपसमिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सहकार्य र समन्वय गरेर जाने सुरक्षा व्यवस्था एवं स्वयम्सेवक परिचालन उपसमितिका संयोजक समिर केसीले जानकारी दिए । छलफल महोत्सव मूल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

‘कुखुरापालन एवं बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरु माघ १० देखि २० गतेसम्म घोराहीमा सञ्चालन हुने महोत्सव महोत्सवमा पोल्ट्रीजन्य सामाग्रीका ८० देखि १ सय स्टल रहने छन् । महोत्सवमा बाल उद्यान, केन्द्रीय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहनेछ । महोत्सव अवधिभर करिव दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करिव दुई करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *