तुलसीपुर,माघ २९ । दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितीका नव निर्वाचत पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
शनिवार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले पदभार ग्रहण तथा प्रमाण पत्र प्रदान गरेको हो ।
समितीको अधिवेसन पुस २४ गते भएको थियो । कार्यक्रम गल्ला तथा किराना व्यवसायी समितीका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षता तथा निर्वाचन समितीका संयोजक एवम निवर्तमान अध्यक्ष उपेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा वोल्ने बक्ताहरुले व्यवासायीक एक्ताका लागि अगाडि वढनु पर्ने बताएका थिए । व्यवासायीक एक्ताले मात्र व्यवसायमा आइ पर्ने समस्याको समाधान हुने उनीहरुको भनाइ रहेको थियो ।
व्यवसायीहरुले व्यवसाय मात्र नभइ उपभोक्ताहरुको स्वास्थ्यमा समेत ध्यान दिनु पर्ने बताएका थिए । यस तर्फ सचेत हुन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य एवम निर्वाचन समितीका सदस्य विकास वली लगाएतकाले भनाइ राखेका थिए ।
गल्ला तथा किराना व्यवसायी समितीका उपाध्यक्ष विश्व सुवेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुरज सुवेदीले गरेका थिए ।