२०८३ भाद्र ११ गते बिहिवार

चाउचाउ कारखानामा भीषण आगलागी

झापा,माघ २९ । झापाको मेचीनगर नगरपालिका वडा नं.१४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार बिहान भीषण आगलागि भएको छ ।

विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापा सहित पूर्वका विभिन्न जिल्लाका १४ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आगो नियन्त्रणका लागि आवश्यक सबै प्रयास भइरहेको छ ।

मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागीको कारण भने अहिलेसम्म नखुलेको बताइएको छ ।

एक साता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगलागी नियन्त्रण गर्न ७ घण्टा लागेको थियो ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *