२०८३ मङ्सिर १० गते बुधवार

तुलसीपुरको १० औं नगरसभा

५ वर्षे कार्यकाल स्वर्णीम बनेको मेयर पाण्डेको दावी

तुलसीपुर, माघ २८ । तुलसीपुर उपमहागनरपालिकाको १० औँ नगरसभा तथा पहिलो बैठक शुक्रवारदेखि सुरु भएको छ ।

१० औँं नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम पाण्डेले आफ्नोे पाँच वर्षे कार्यकाल स्वर्णीम बनेको दावी गरे ।

उनले जनता माझ गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गर्दै अन्य पालिकाको तुलनामा नमुनायोग्य कामहरु गर्न सफल भएको जिकिर गरे ।

‘ पाँच बर्षको अवधिमा धेरै उपलब्धिहरु गर्न सफल भयौ,’ पाण्डेले भने,‘अब केही थोरै कामहरु छन र ती कामहरु पनि बाँकी रहेको अवधिमा पुरा गर्ने गरि लागिरहेका छौँ ।’

मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा÷एक नगर स्वास्थ्य केन्द्र, खरको छानो मुक्त अभियान, टरिगाउँ एयरर्पोट संचालन, सुत्केरी भत्ता, स्मार्ट छोरी कार्यक्रम, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मातृ शिशु मृत्युदर शून्य, तरकारी तथा फलफुल कृषि बजार, अटोभिलेज निमार्ण, मेट्रो अस्पताल लगाएत भौतिक पूर्वाधार विकास जस्ता थुप्रै उपलब्धिमुलक कामहरु भएको भन्दै पाण्डेले चर्चा गरे ।

त्यस्तै उनले तुलसीपुरलाई नेपालकै नमुना उपमहानगरका रुपमा परिचित गराउन सफल भएको दावीपनि गरे ।

‘हामीले उठाएको खरको छानो मुक्त अभियाले राष्ट्रिय चर्चा र महत्व पाएको छ,’ उनले भनेका थिए ‘तुलसीपुरबाट सुरु भएको अभियान आज देशका ७७ वटै जिल्लामा लागु भएको छ ।’

तुलसीपुरले उठाएको स्वास्थ्य र प्राविधिक शिक्षालयको अवधारणा अहिले नेपालका ५ सय बढी पालिकाले अनुसरण गरेकोे पाण्डेले दाबी गरे ।

त्यस्तै बिकास निमार्णको सवालमा खानेपानी, कृर्षि सडक लगाएतका क्षेत्रमा काम गरेको मेयर पाण्डेले बताए ।

मेयर पाण्डेले यो बीचमा १२ किलोमिटर सय सडक स्त्तरउन्नती गरेको बताए । सडक कालो पत्रे गर्ने तयारी गरेपनि बजेट अभावका कारण रोकिएको तर्क गरे ।

त्यस्तै संघीय सरकारको सहयोगमा अघि बढाएको स्मार्ट सिटी परियोजना बजेट अभावकै कारण कठिनाई र सकशपुर्ण बनेको भन्दै मेयरले आफ्नो बचाउ गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारको सहयोगमा तुलसीपुर चक्रपथको काम अघि बढाएतापनि थप बजेट बिनियोजन नहुदाँ त्यो काम अधुरो रहेको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख माया शर्माले चालु आर्थिक वर्ष २०७८÷०७९को नगरस्तरीय योजना अनुसुचि १ र वडा स्तरीय योजनाको अनुसुचि २ बो बारे बताएकी थिइन ।

त्यस अवसरमा तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी, २ का वडाध्यक्ष राजु आचार्यले कार्यपालिकाको बैठकमा छलफल नै नगरी नगर प्रहरी २०७८ को अबधारणा ल्याएको भन्दै त्यसलाई कार्यसुचिबाट हटाउन माग गरेका थिए ।

उनीहरुले नगरप्रहरी र मेट्रो हस्पिटलको ठाउँमा भिमसेनको नाम हटेको भन्दै यी दुई कार्यसूचिबाट नहटाए आफुहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

कार्यक्रममा आर्थिक समिति संयोजक माधव वली, बिद्यायन समिति संयोजक अमर नेपाली,सुशासन समितिका संयोजक सुर्यबहादुर डाँगी (श्याम) वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, लेखा समितिका संयोजक राजु आचार्यले प्रतिवदेन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *