२०८३ साउन २८ गते बिहिवार

स्व.बस्नेतको सम्झनामा श्रद्धान्जली सभा

नारायणपुर,माघ २८ । घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य बहादुर बस्नेतको निधन भएको १३ औँ दिनमा श्रद्धाञ्जली सभा शुक्रवार सम्पन्न भएको छ ।

घोराही १० वडा ईकाइ समितिको आयोजनामा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी गुमानसिंह बस्नेतको वुवा बहादुर बस्नेतको स्मृतिमा श्रद्धाञ्जली सभा नारायणपुरमा सम्पन्न भएको हो ।

वडा सभापति देवबहादुर वलीको अध्यक्षता एवं नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेसलाई बलियो बनाउनका लागी स्वर्गीय बस्नेतले पु¥याएको योगदानको चर्चा गर्दै उनको निधनले समाज र पार्टिलाई अतुलनिय क्षति भएको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधी दिपक पाण्डे, क्षेत्र नम्बर २ (ख) का सभापति अभियान बस्नेत, घोराही उपमहानगरका सभापति तिलक रावत लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।


कार्यक्रममा सहभागीहरुलाई कान्छा छोरा गुमानसिंह बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजिकरण वडा ईकाई सचिव चित्रबहादुर रावतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *