
तस्विर : फरककोण
तुलसीपुर, माघ २८ । शुक्रबार बिहान करिब १ बजेतिर सुतिरहेका ४० बर्षीय नगरदिन अली धुँवाको गन्ध ब्यापक भएपछि बिउँझिए । त्यसपछि संगै सुतेकी श्रीमति र आफ्नो बुवा उठाए ।
के भएको रहेछ ?भनेर हेर्न भनि बाहिर निश्किए । धुँवा ब्यापक भइ सकेको थियो । त्यतिखेर उनले पछाडिको कोठामा सुतिरहेका ५ बर्षीय छोरा अबिददिन अली र १३ बर्षीया छोरी सुजिता खातुनलाई संझिए ।
श्रीमति र बुवालाई सडकमै बस्न लगाएर उनीहरुलाई लिएर आउँछु भन्दै भित्र दौडिए । नगरदिन र उनकी श्रीमति अगाडि तथा बच्चा बच्ची पश्चिम तिर पछाडि अन्तिम कोठामा सुतेका थिए ।
तर, छोरा छोरी बचाउन गएका नगरदित आँफै धुँवाको मुस्लोमा फसे । निशास्सिए । उनी बाथरुममा मृत अवस्थामा शुक्रबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
नगरदिनको पुर्खेउली घर अर्घाखाँची भएपछि लामो समयदेखि उनीहरु तुलसीपुरमा घरमा भाडामा बस्दै आएका थिए । त्यो आगलागीमा परि दुई परिवारका पाँच जनाको मृत्यु हुन पुग्यो ।
सुर्खेत पुर्खेउली घर भई हाल सोही घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ को तुलसी बोर्डिङ चोक नजिकैको रोडमा बस्दै आएका सहोदर दाजु भाइ १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकसको पनि धुँवामा निशास्सिएर मृत्यु भयो ।
गहिरो निन्द्रामा रहेका उनीहरुलाई धुँवामै निशास्सिएर मृत्युको मुखम पुगे ।
