२०८३ मङ्सिर १० गते बुधवार

मध्यरातमा तलसीपुरमा भिषण आगोलागी, क्षतिको विवरण आउन बाँकी


शरद रेग्मी, तुलसीपुर,माघ २८ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाईन स्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदो सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ, भने एक ब्यक्ति घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।

घाइतेको पहिचान खुलेको छैन । प्रहरीका अनुसार अन्य केही ब्यक्ति घर भित्रै रहेको आशंका भइरहेपनि अवस्था अज्ञात छ । आगोको कारण सेना प्रहरी भित्र प्रबेश गर्न सकेको छैन ।
विद्युतको मिटर पड्किदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
शुक्रबार राति २ बजेदेखि आगलागी भएको हो । विहान साढे ६ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
‘अहिले आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ,’उनले भने‘अझै क्षतिको विवरण आउन सकेको छैन ।’ स्थानीयले भने अनुसार सोही घरमा बस्ने तीन देखि पाँच जना जना घर भित्रै फसेको बताउँदै आएका छन् ।

अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल आगो नियन्त्रणमा लिइरहेका छन् ।
पहिलो तलाबाट सुरु भएको आगलागी चौथो तलासम्म पुगेको छ । तेस्रो तलासम्मको आगो नियन्त्रणमा लिइएपनि चौथो तल्लाको नियन्त्रणमा आइसकेको छैन ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *