२०८३ भाद्र १२ गते शुक्रवार

३१ लाखको मीनकुमारी ट्रष्ट स्थापना

काठमाडौं, माघ २७ । भक्तपुर बालकोटकी स्वर्गिय मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ ।


ट्रष्टका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैंयाको अक्षय कोष स्थापना गरिएको छ ।


ट्रष्टले पत्रकारिता, खेलकूद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने छ ।

साथै भक्तपुरका विपन्न,अशक्त र जेहनदार विद्यार्थीलाई छात्र बृत्तिसमेत प्रदान गरिने भएको छ ।
मीनकुमारीको निधन भएको १३ औं दिनको तिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गर्ने घोषणा गरेको हो ।

स्वर्गिय राणाका पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरु कबिर राणा र रवि राणा लगाएत नाति बिक्रान्त बिक्रम राणाका सञ्चालक रहने गरि ट्रष्ट स्थापना गरिएको छ ।

अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रालिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कबिर राणाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *