दाङ, माघ २६ । नेकपा एमालेका एक जना सांसद बिरुद्ध बाँके प्रहरीमा जवरजस्ती करण सम्बन्धि मुद्दा परेको छ ।
मुगुका सांसद तथा पूर्व मन्त्री समेत रहेका मोहन बानियाँविरुद्ध जुम्लाकी ४० बर्षीया एक शिक्षिकाले बाँके प्रहरीमा सोमबार जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छिन् ।
घटना माघ १८ गतेको भएपनि ती शिक्षिकाले सोमबार मात्रै प्रहरीमा जोहेरी दिएकी हुन ।
ती महिलाले आँफुलाई दिन बाँकी २५ लाख रुपैंया दिन्छु भनेर बाँकेस्थित होटेर अप्सरामामा बास बस्न लगाइ बिहानी पख जबरजस्ती करणी गरेको जोहरीमा उल्लेख गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसूधन न्यौंपानेले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।
बानियाँ हाल काठमाडौंमा रहेका कारण फोन मार्फत जाहेरीबारे अबगत गराइएको डिएसपी न्यौंपानले जानकारी दिए ।
घटनाबारे बुझ्न खोज्दा एमाले नेता तथा पूर्व मन्त्री बानियाँले आँफु निर्दोश रहेको र आँफुलाई फसाउन षडेन्त्र गरिएको प्रतिक्रिया दिए ।