२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर जेसिजद्धारा मानवसेवा आश्रममा बल्याङ्केट सहयोग

तुलसीपुर,माघ २६ । तुलसीपुर नगर जेसिजले मानवसेवा आश्रममा बल्याङ्केट सहयोग गरेको छ ।

जेसिजले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गाइडरमा रहेको मानव आश्रममा ५२ थान बल्याङ्केट र १ थान वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा शैक्षिक व्यक्ति दुर्गा केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि नेत्रलाल भट्टराई, पुर्व अध्यक्ष जेसि दिपेश भण्डारी, पुर्व अध्यक्ष मोहन सुनार, बिष्णु भण्डारी, बामदेब सापकोटा लगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा आस्था पाठ जेसि सन्जय न्यौपानेले गरेका थिए ।

सो अवसरमा समाजसेवी केशव सापकोटाले तुलसीपुर जेसिजमा स्थापना गरेको अक्षकोषबाट आएको ब्याज र दुर्घटनामा मृत्यु भएका आशिष बस्नेतका बुवा आमा र गोरखा स्कुलमा अध्ययनरत १० कक्षाका विद्यार्थीले समेत सहयोग गरेका थिए ।

कार्यक्रममा धन्यावाद ज्ञापन जेसि तुफान सापकोटाले गरेका थिए भने सहजीकरण तुलसीपुर जेसिज वर्ष २०२२का महासचिव जेसि पुर्ण बहादुर डाँगीले गरेको प्रिवक्ता जेसि छवि कुमार ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *