
तुलसीपुर,माघ २६ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ ले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
आइबार एक कार्यक्रमको आयोगजना गरि तुलसीपुर ३ शिरखोला निवासी सुमन गिरीको परिवारलाई २३ हजार ५ सय ४० रुपैया आर्थिक सहयोग गरिएको हो । गिरीको माघ १८ गते राती गोठमा आगलागी भएको थियो ।
आगलागी हुदा एउटा भैंसी , चार सय ब्रोइलर चल्ला, २० भारी दाउरा र ३० भारी पराल जलेर नष्ट भएको थियो ।
रातीको समयमा बलेको आगो नमारेर सुत्न गएको र घर गोठ देखि सय मिटर टाढा भएकोले आगलागी भएको थाहा नपाएको पिडित गिरीले बताए ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं.३ का इकाई सभापती भुपलाल वलीको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेसन प्रतिनिधी कृष्ण कुमार गिरी, लुम्विनी प्रदेश प्रतिनिधी विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, खेमलाल महतरा, मानबहादुर गुरुङ्ग, टोप बहादुर विश्वकर्मा, राजन खड्क९तर्ण०, श्यामराज महतरा, क्षेत्र नं. ३ प्रदेश‘क’का सहसचिव राजेन्द्र महतरा,राजेन्द्र गुरुङ्ग उप–सभापती जय बहादुर वली,रेशम प्रकास मल्ल,वडा सचिव लक्ष्मण चन्द लगाएले पिडित परिवालाई थोरै भएपनी सहयोग भावना राखिएको बताए ।
साथै त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का त्रिmयाशिल सदस्य तथा शुभचिन्तकहरुलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरिएको छ ।
उक्त कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम तिवारीले गरेका थिए ।
