
तुलसीपुर,माघ २५ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले सुगर रोगका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
मंगलवार एक कार्यक्रमका बिच तुलसीपुर १८ मनिकापुर निवासी जोगबहादुर चौधरीलाई रु.१४ हजार रुपैया आर्थिक सहयोग गरेको हो । ४५ वर्षीय चौधरी बिगत लामो समय देखि सुगर रोगबाट ग्रसित छन ।
उनको नेपालगञ्ज मेडिकल कलेज अस्पतालमा आइसियुमा उपचार भैरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
चौधरीको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खड्काले जानकारी दिए ।
उनले जोगबहादुर चौधरीको उपचारका लागि सहयोग गरिदिन सबैमा अपिल समेत गरे ।
सो अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगरका संगठन बिभाग संयोजक पिताम्बर वलि,क्षेत्रीय प्रतिनिधि हरि नेपाली,धनबहादुर डाँगी,रमेश रोका,माधव वलि,नेका १८ का कोषाध्यक्ष ओमराज सुबेदी लगाएत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण वडा सचिव बिदुर गौतमले गरेका थिए ।