२०८३ असार २७ गते शनिवार

लक्ष्मी लघुबित्तद्धारा चौधरी परिवारलाई बिमा रकम हस्तान्तरण

तुलसीपुर,माघ २५ । लक्ष्मी लघुबित्त हापुरे शाखाले बिमा रकम हस्तान्तरण गरेको छ ।

पशुपालनका लागी ऋण लिएका दंगीशरण ५ का कृषक राम कुमारी चौधरीको निधन भएपछि लघुबित्तले विमा बाफतको रु.५ लाख २५ हजार रुपैंया मृतकका श्रीमान कुन्दन चौधरीलाई हस्तान्तरण गरिएको शाखाका प्रबन्धक रोहित प्रसाद भट्टराईले जानकारी दिए ।

उनले लघुबित्त संस्थाले बचत, ऋण लगानी, रेमिटान्स लगाएतका सेवा दिदै आएको र ऋणीहरुको बिमा गरि समुहमा बस्ने सदस्यहरुको भविष्य सुरक्षित गरेको बताए ।


े समुह सदस्यले ऋण लिदा बनाउने बिमा भैपरि आउने घट्नाको साहरा बन्ने भएकाले आफु र परिवारको भविष्य सुरक्षित गर्न पनि अनिवार्य बिमा गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै दंगीशरण ५ का वडा अध्यक्ष दिपक गौतमले लघुबित्तले ऋण लगानी गर्दा ऋणीको परिवारको भविष्यको सुरक्षाको लागी बनाएको विमा योजना सराहनिय रहेको भन्दै संस्थाको प्रशंसा गरे ।

उनले बिमा योजनालाई अझ शसक्त बनाउदै लैजान आग्रह गरे । आफ्ना समुह सदस्यको उज्वल भविष्यका लागि थोरै प्रिमियममा बिमा योजनालाई सञ्चालन गर्नुपर्ने समेत वडा अध्यक्ष गौतमले आग्रह गरे ।

रकम हस्तान्त्रण कार्यक्रमको सहजीकरण लक्ष्मी लघुबित्त हापुर शाखाकी कर्मचारी शिला जिसीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *