रुकुम पश्चिम,माघ २४ । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला परेको शर्माले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार