
तुलसीपुर, माघ २३ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुले करार सेवाको लागि लिएको परीक्षा निष्पक्ष नभएको भन्दै परीक्षामा संलग्न पाँच जना पुनः परीक्षा गराउनु पर्ने माग गरेका छन् ।
पाँच जना परीक्षार्थी शशी लामिछाने, अमृत सुबेदी, गीता चन्द, अस्मिता भट्टराई र मबिन बोहोराले आइतबार संयुक्त बक्तब्य जारी गर्दै परीक्षा निष्पक्ष नभएको भन्दै पुनः परीक्षा माग गरेका हुन ।
उनीहरुले राप्ती प्रादेशिक अस्पतालका प्रमुखलाई सम्बोधन गर्दै पुनः परीक्षाको माग गरेका छन् । बोदार्थमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, स्वास्थ्य जनसंख्या तथा परीवार कल्यान मन्त्रालय, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्दै यथाशक्य छानविन र कारबाहीको मागपनि गरेका छन् ।
एक पदका लागि ६ जनाले आबेदन दिएका थिए । उत्तिर्ण नभएका पाँच जनाले परीक्षा पारदर्सी र निष्पक्ष नभएको भन्दै उक्त परीक्षा रद्द गर्न र पुनः परीक्षा सञ्चालन गर्न माग गरेका हुन ।
जारी बिज्ञप्तिमा अस्पतालले पुस १४ गते अस्पताल ब्यबस्थापक सातौं तहका लागि दरखास्त आह्वान गरेको उल्लेख छ । त्यस्तै माघ ९ गते लिखित परीक्षाको लागि सूचना सार्वजनिक गरेको थियो । तर, तोकिएको परीक्षाको दुई दिन अगाडि मात्रै बिनाकारण अनिश्चित कालाका लागि भनेर उक्त परीक्षा स्थगित गरिएको थियो ।
सो परीक्षा माघ २१ गते सञ्चालन भयो । बिहान १० बजेदेखि भएको परीक्षामा पूर्णाकं कति ? परीक्षाको अवधि, सिलेबल, उत्तिर्ण अंक कति हुने, परीक्षा सब्जिेक्टि हुने र अब्जिक्टिक, सम्बन्धित बिषय वा बिषय बाहिरको के हुने ? भन्ने सवालमा कुनै अवगत नगराइएको पाँच जनाले आइतबार जारी गरेको संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ति जारी गर्नेहरुले परीक्षा पूर्व नै यो ब्यक्तिको सिफारिस हुन्छ ? भन्ने हल्लाहरु बजारमा ब्याप्त बनेको र भनिए जस्तै तीनै ब्यक्ति उत्तिर्ण गराइनुले परीक्षा निष्पक्ष नभएको दाबी गरेका छन् ।
परीक्षा मापदण्ड पुरा नगरी गराइएको, राजनीतिक आस्थाका आधारमा नजिकका ब्यक्ति तथा नातेदारलाई उत्तिर्ण गराइएको हुँदा उक्त परीक्षा रद्द गरि पुनः पादर्षी ढंगले परीक्षा सञ्चालन गर्न माग गरिएको छ ।