२०८३ जेष्ठ २६ गते मङ्गलवार

लमही खानेपानीको अध्यक्षमा चौधरी निर्वाचित

दाङ,माघ २३ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा जंगबहादुर चौधरी निर्वाचित भएका छन ।

शनिवार सम्पन्न निर्वाचनबाट सत्तागठबन्धनको समर्थनमा जंगबहादुर चौधरीको प्यानल निर्वाचित भएको हो ।

अध्यक्ष पदका उमेदवार चौधरीले १५१८ मत प्राप्त गरी निर्वाचित भएका छन भने उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक प्रगतिशिल प्यानलका सनम कुमार पौडेलले १०४३ मत प्राप्त गरेका छन ।

चौधरीको प्यानललाई सत्तागठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगाएतका दलको सर्मथन रहेको थियो भने पौडेल समुहलाई एमालेको समर्थन रहेको थियो ।

त्यस्तै चौधरी प्यानलका उपाध्यक्ष उमेदवार सीतादेबी चौधरी १४२१ मत प्राप्त गरी निर्वाचित भएकी छिन । उनका प्रतिद्धन्द्धी पौडेल प्यानलका श्यामकला भुसालले ९३३ मत प्राप्त गरिन ।

त्यस्तै सचिवमा चौधरी प्यानलका बसन्त आचार्यले १२३३ मत प्राप्त गरी निर्वाचित भएका छन भने दशरथ घिमिरेले ११७९ मत प्राप्त गरेका छन ।

कोषाध्यक्षमा चौधरी प्यानलका बासुदेब गौतमले १३७८ मत प्राप्त गरी निर्वाचित भएका छन भने उनका प्रतिष्प्रर्धी देवमणी चौधरीले ९८५ मत प्राप्त गरेका छन ।

यस्तै सदस्यहरुमा चौधरी प्यानलका जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञान बहादुर विक १४००, शिवा चौधरी १४०९ , सीता खत्री पोख्रेलले १४५८ मत प्राप्त गरी निर्वाचित भएका छन ।

लमही खानेपानी संस्थामा ४ हजार २ सय ७७ मतदाता रहेकोमा २ हजार ७ सय ९ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *