
दाङ, माघ २३ । अपहरण पछि ब्यक्ति हत्या गरेका एक आरोपित प्रतिबादी दश बर्षपछि पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका वडा नं.१० भृकुटी नगरका ३० बर्षीय सौभाग्य मल्ल दश बर्षपछि पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौंपानेले जानकारी दिए ।
बाँके प्रहरीको समन्वयमा मल्ललाई गोरखामा पक्राउ गरि बाँके ल्याइएको डिएसपी न्यौंपानेले बताए । मल्ललाई आइतबार मात्रै प्रहरीले सार्वजनिक गरेको हो ।
मल्ल २०६७ साल बैशाख ३ गते नेपालगंज उपमहानगरपालिका वडा नं.१ पारिजात मार्गका २१ बर्षीय हिमाल बुढालाई अहरण पछि बन्धक बनाई हत्या अभियुक्त हुन ।
पक्राउ पछि उनलाई बाँके जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाए भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार