२०८३ जेष्ठ २७ गते बुधवार

प्यूठान दुर्घटना अपडेट : श्रीमान, श्रीमति र छोरीको मृत्यु, ७ जनाको शनाखद, घाइतेको नामसहित

दाङ, माघ २२ । प्यूठान दुर्घटनाका ८ मृतक मध्य एकै घरका श्रीमान, श्रीमति र छोरीको मृत्यु भएको छ ।


गौमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङका ३९ बर्षीय वशन्त खड्का, उनकी ३९ बर्षीया श्रीमति वशन्ती खड्का र उनीहरुकी ११ बर्षीया छोरी एलिशा खड्काको मृत्यु भएको छ ।


बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनाका मृतक आठ जना मध्य २९ बर्षीया केशरी खड्का, ५० बर्षीय जिपका चालक बलबहादुर बुढा मगर , ३२ बर्षीय खिम खत्री र ५० बर्षीया नन्दी खड्काको मृत्यु भएको छ । यस्तै नौ बाहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्। उनी दुलहीकै माइती घरकि हुन सक्ने प्रहरीको आशन्का छ ।


गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ बर्षीय दानबहादुर खड्का, बेहुली १९ बर्षीया रीमा जिसी, २१ बर्षीय हरि बुढा मगर, १७ बर्षीय नरेश खड्का र २५ बर्षीया साबित्रा जिसी रहेका छन् ।


घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको मात्रै जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार पाँच महिला र तीन पुरुष गरि आठ जनाको मृत्यु भएको छ ।


घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *