२०८३ भाद्र ११ गते बिहिवार

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

दाङ, माघ २२ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देबीप्रशाद गैरेले पाँच महिला र तीन पुरुष गरि आठ जनाको मृत्यु भएको जानकारी दिए ।
अस्पताल लगिएका दुबै जनाको मृत्यु भएको उनले बताए । घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । मृतक कसैको पनि पहिचान खुलेको छैन ।
थप पाँच जना घाइतेलाई अस्पताल लैजान थालिएको छ ।
दुर्घटनास्थल निकै बिकट स्थल भएको हुँदा घाइतेको उद्धार गर्न तथा अस्पताल पु¥याउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो ।
जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *