२०८३ असार २७ गते शनिवार

प्युठानमा बेहुली लिएर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु,७ जना गम्भीर घाइते


दाङ,माघ २२ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ ।

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए ।

जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *