२०८१ माघ २६ गते शनिवार

विश्वकै जेष्ठ नागरिकको निधन  

टोकियो, ६ माघ ।  विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनि संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए । “यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उहाँकी नातिनी युकोले भने ।

नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँच जना सन्तान थिए । एजेन्सी

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *