२०८३ मङ्सिर १० गते बुधवार

बिप्लवका कार्यकर्ताले तुलसीपुर इन्धन डिपो कार्यालयमा धर्ना दिए

हेमन्त प्रकाश वली, तुलसीपुर, माघ २१ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त मोर्चाहरुले नेपाल आयल निगमको दाङ तुलसीपुरस्थित इन्धन डिपो कार्यालय धर्ना दिएका छन।

शुक्रवार एक घण्टा कार्याल घेराउ पछिको बिरोध सभा समेत गरे ।
त्यसक्रममा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य दीपकले तत्काल मूल्य बृद्धि गर्न माग गरे ।

शान्तिपुर्ण आन्दोलन मार्फत मूल्यबृद्धी फिर्ता नभए जनताको साथमा बिद्रोहमा उत्रने उनको चेतावनी थियो ।

नेता बिष्टले ८४ रुपैंयामा किनेको पेट्रोल १४२ रुपैंयामा बेच्दा समेत घाटा कसरी हुन्छ ? भनेर प्रश्न गर्दै आयल निगमले जनताका आँखामा छारो हाल्दै आएको जिकिर गरे ।

त्यस्तै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजले नेपाली जनताको उठिबास गराउने गरि गरिएको मुल्यबृद्धी,महंगी,भ्रस्टाचार,कमिशनखोरका विरुद्ध आफुहरु जुनसुकै मूल्य चुकाउन तयार भएको बताए ।

त्यस्तै युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले युवाहरुको आन्दोलन प्रती राज्य बारम्बार बेखबर बनिरहेको भन्दै मुल्यबृद्धी तत्काल खारेज गर्न माग गरे ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *