२०८२ माघ ३ गते शनिवार

सल्यान र सुर्खेतमा चट्याङबाट २ महिलाको मृत्यु , दाङको सर्रामा २ राँगा मरे

दाङ, माघ २१ । सल्यान र सुर्खेतमा चट्याङबाट एक ÷ एक महिलाको मृत्यु भएको छ ।

सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ की ४० बर्षीया रामकली कामीको बिहीबार बेलुका घरमै चट्याङले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरकै भान्सा कोठामा आगो बालेर बसी रहेकी कामीको चट्याङले परेपपछि मृत्यु भएको हो ।

घटनास्थलतर्फ प्रहरी शुक्रबार बिहान मात्रै पुग्दै छ । घटनाको थप बिवरण प्रहरी पुगेपछि मात्रै प्राप्त हुने प्रहरीले जनाएको छ ।

त्यस्तै सुर्खेतमा पनि चट्याङबाट एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. ११ साँदीखोलाकी ३५ बर्षीया नोकीशरा खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यता दाङ घोराहीको शर्रामा चट्याङ लागेर एक जना किसानले पालेका दुई वटा राँगा मरेका छन् ।

बिहीबार राति ९ बजेतिर राँगा बाँधेको गोठमा चट्याङ परेपछि दूई राँगा मरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *