२०८३ असार २८ गते आइतवार

बाँकेमा ब्राउन सुगरसहित ४ जना पक्राउ


दाङ, माघ २१ । बाँकेमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने मध्य बाँकेका चार र दाङका एक युवक छन् ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ बर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ बर्षीय अंकित श्रेष्ठ र सुर्र्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का ३८ बर्षीय गणेश भण्डारी रहेका छन् ।

आदित्य श्रेष्ठको घरमा प्रतिबन्धित लागुऔषधको अबैध कारोबारो भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसक्रममा आदित्यको साथबाट ३० ग्राम ब्राउन सुगर, तौल गर्ने तराजु र नगद दश हजार तथा अंकित र भण्डारीको साथबाट एक लाख ३४ हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रबक्ता न्यौंपानले जानकारी दिए ।

त्यस्तै नेपालगंज गगनगंजका २४ बर्षीय शुभम मानन्धरपनि बिहीबार दिउँसो पक्राउ परेका छन् ।

मानन्धरले लागुऔषध ब्राउन सुगरको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले कोठा खानतलासी गर्ने क्रममा नौं वडा पुडियामा राखेको अवस्थामा ६ ग्राम ब्राउन सुगर र नगद १८ हजार ३ सय बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *