तुलसीपुर,माघ २० । दाङ प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरका २६ वर्षीय दीपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिकै बाटोमा लागुऔषध खैरो हिरोईन ओसार पसरा तथा विक्रि वितरण भईरहेको गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेको रहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट ३४ पुडियामा रहेको १ ग्राम ३८० मिलीग्राम लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने धुलो बरामद गरेको प्रबक्ता रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
