२०८३ भाद्र १० गते बुधवार

दाङमा अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ


दाङ,माघ २० । दाङमा पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा दाङ प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ ।

अनलाइन नेटवर्किङबाट १७ हजार ठगी गरेको भन्दै एकजना पीडितले प्रहरीमा उजुरी दिएको आधारमा तीन जानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

पक्राउ पर्ने सबै रोल्पा घर भई घोराही बस्नेहरु रहेका छन् ।

तीनै जना होटल सञ्चालक हुन् । घटनाबारे थप अनुन्धान भइरहेको र पक्राउ पर्नेक्रम जारी भएकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

पक्राउ परेकाहरुले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर, साफिरलगायतमा लगानी गर्न भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनका अनुसार पछिल्लो समय अनलाइनबाट पैसा कमाउने भन्दै ठूलो रकमको अबैध कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *